भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँएर दुर्घटना हुंदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० जना घाइते छन् । आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल एक आपसमा ठोक्किएका थिए ।रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा पनि झण्डै ३०० जना मानिसहरुले ज्यान गुमाएका थिए ।