बि.सं.२०८० साल कार्तिक महिनाको १३ गते सोमबारको राशिफल

आज वि.सं.२०८० साल कार्तिक महिनाको १३ गते सोमबार, कार्तिक कृष्णपक्षको द्वितीया तिथि ।

मेष
साहसिक गतिबिधिहरुमा सहभागि हुन मन लाग्ने छ । त्यसमा अरुको उक्साहटले मुख्य भूमिका खेल्ने छ । आम्दानीमा केही बृद्धि हुने र मनोबलमा पनि उचाई थपिने छ । पेशागत जीवन औसत रहने छ । जीवनसाथिसँग भनाभन हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

वृष
प्रेमिल सम्बन्ध स्थापित हुने छ । अनौठा खाले घटनाक्रमले गर्दा मनमा एक खालको तनाव थपिदिने छ । व्यावहारिक जीवनमा कठिनाइहरुको सामना गर्नुपर्ने छ । तर पनि भाग्यको साथ रहेकाले धेरै नकारात्मक अवस्था भने आउने छैन् । पेशागत जीवन सकारात्मक रहने छ । शेयर बजार औसत रहने छ ।

मिथुन
नयाँ कामको थालनी हुने छ । मनमा उत्साह र उमङ्ग आउने छ । अरुले कदर गर्ने छन् भने सामाजिक रुपमा पनि प्रतिष्ठा प्राप्त हुने छ । पेशागत जीवनमा उन्नति नभए पनि अवनति पनि हुने छैन् । सार्वजनिक सवारीसाधन तथा औद्योगिक क्षेत्रमा सँलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

कर्कट
नराम्रा प्रकारका सपनाहरुले गर्दा मनमा तनाव बढने छ । तर पनि मनोबल उच्च हुने भएकाले समस्याहरुसँग जुधेर अघि बढ्न उर्जा मिल्ने छ । पेशागत जीवनमा सकारात्मक उन्नति हुने छ । परिवारमा मिलन र प्रेम बढ्ने छ । शेयर बजार लाभदायी रहने छ ।

सिंह
विगतका स्मृतिहरुले मनमा एकतमासको पश्चातापको जस्तो अनुभूति हुने छ । पेशागत क्षेत्रमा अनेकौ लाञ्छनाहरुको सामना गर्नु पर्ने छ । खासगरी विपरित लिङ्गीसँगको व्यावहारमा विशेष सतर्क रहनु होला । आर्थिक क्षति व्योहर्नु पर्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

कन्या
प्रेममा धोका हुने छ । आर्थिक लेनदेनमा पनि धोका हुने समय सक्रिय छ । समाजमा भइरहेको मान मर्यादामा ह्रास आउने छ । सामाजिक जीवनमा पनि भएको उचाईमा गिरावट आउने छ । पेशागत जीवनमा धैर्य रहनु होला । शेयर बजारमा नोक्सान व्योहर्नु पर्ने छ ।

तुला
विभिन्न खालका उपहार प्राप्त हुने छ । साथिभाइहरुसँगको मिलनले नयाँ काम गर्न जाँगर चल्ने छ। परिवारमा सम्बन्धहरुमा सुधार आउने छ । अरुको लागि सहयोगी भावना राख्दाराख्दै पनि अरुले त्यसको कदर गर्ने छैनन् । पेशागत जीवनमा स्थिरता आउने छ । बोलीको प्रभाव बढ्ने छ । शेयर बजार औसत रहने छ ।

वृश्चिक
आर्थिक लाभ प्राप्त हुने छ । तर प्राप्त रकम पनि सोही जस्तै तरीकाले गुम्न पुग्ने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । शत्रुतापूर्ण व्यावहारबाट सम्बन्धहरु कटुतापूर्ण बन्न पुग्ने छन् । प्रेममा धोकाका क्रम देखिने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

धनु
यथार्थ भन्दा काल्पनिक विचारको स्वाभाव हुने छ । भावनात्मक संवेग बढि हुने छ । सृजनात्मक क्षेत्रमा लागेकाहरुले नयाँ नयाँ सृजना गर्न सक्ने छन् भने अन्य क्षेत्रका लागि भने केवल कल्पना मात्रमा सीमित हुने छ । प्रेममा भने सफलता मिल्ने छ । न्याय क्षेत्रमा रहेकाहरुले समस्या खेप्नु पर्ने छ । शेयर बजार मध्यम रहने छ ।

मकर
यथार्थ भन्दा कल्पनात्मक विचारले अत्याधिक रुप लिने छ । जसले गर्दा मानिसहरुले भावनात्मक मानिसको रुपमा अनुभुत गर्ने छन् । पेशागत जीवनमा धैर्य रहनु होला । सवारीसाधन सम्बन्धि विषयमा विस्तारै हाक्नु नै उपयुक्त हुने छ । आर्थिक अवस्था असन्तुलित हुन पुग्ने छ ।

कुम्भ
मिठामिठा परिकारहरु खाने भोजमा सहभागि हुन पाइने छ । आम्दानीमा केही बृद्धि हुने छ । पेशाप्रति निष्ठावान व्यक्तित्व हुने छ । दाम्पत्य जीवनमा प्रेम बढ्ने छ । यात्राका क्रममा समस्याहरु झेल्नु पर्ने छ । शेयर बजारबाट सोचे जस्तो फाइदा मिल्ने छैन् ।

मीन
रमाइलो र मनोरञ्जनमा सहभागि हुन पाइने छ । मिठामिठा खानेकुराहरुको उपभोग गर्न पाइने छ । साथिभाइको साथले गर्दा रोमाण्टिक मुड सृजना हुने छ । पेशागत जीवनमा भने केही अड्चनहरु आउने छन् । परिवारमा सदस्यहरुबीच मनमुटाव आउने छ । शेयर बजार औसत रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०