ललितपुर महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी भर्ना गर्ने

लतिलपुर महानगरपालिकाले नगर प्रहरीको भर्ना खुला गरेको छ । महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो ।शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एक/एक जनाका लागि आवेदन आह्वान गरेको हो ।यही कात्तिक २४ गतेसम्म महानगरको कार्यालयबाटै र अनलाइनबाट दर्खास्त दिन सकिनेछ ।१८ वर्ष पूरा भई ३० वर्ष ननाघेका र भूपू सैनिक तथा प्रहरी भए ४० वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन मिल्नेछ । न्युनतम शैक्षिक योग्यता ८ कक्षा उतीर्ण भएको हुनुपर्नेछ ।