नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइ टीकाको साइत कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे शुभ रहेको जनाएको छ । हालै बसेको समितिको बैठकले टीकाको शुभसाइत ११:३७ बजे निकालेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिएका छन् ।टिका लगाउन बस्ने मान्छे पश्चिम मोहडा गरेर बस्ने र लगाइदिनेले पूर्वतर्फ फर्केर भाइ टीका लगाउनु पर्ने पनि समितिले जनाएको हो ।
नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नु पर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार मानिन्छ ।
