शुक्रबार भएको हाउसवाइज क्विज प्रतिस्पर्धामा रुबिना सिंहको टिम प्रथम

सरकारी विद्यालयको तुलनामा अब्बल कहलिँदै गएको बोर्डिङ स्कुलमा विद्यार्थीको रुचि अनुसार अध्यापन हुन थालेको छ । ललितपुरका अधिकांश बोर्डिङमा नियमित पठनपाठन बाहेक अतिरिक्त क्रियाकलाप मार्फत अध्यापन हुन थालेको हो । अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिर जवाफ, नृत्य,गायन र चित्रकला सीपहरु पर्दछन् । एजुकेशन हब्सको रुपमा परिचित ललितपुरका बोर्डिङ स्कुलमा खेलकुद र स्काउट मार्फत पनि अध्यापन हुँदै आएको छ । क,ख,ग र घ गरेर ४ वर्गमा विभाजित बोर्डिङले आफ्नो अभिभावक, शिक्षक र विद्यार्थीहरुको स्तर अनुसार शिक्षण सेवा दिइरहेको छ ।प्राप्त जानकारी अनुसार आठवटा समूहबीच प्रतिस्पर्धा चलेको हाजिर जवाफ प्रतिस्पर्धामा रुविना सिंहको समूह प्रथम,इजिना व्यञ्जनकारको समूह द्वितीय र एलिसा तामाङको समूहले तृतीय स्थान प्राप्त गरेका छन् ।सामान्य ज्ञान, दृश्य चिनाइ र अडियो आवाज श्रवण मार्फत प्रश्नहरु सोधिएका थिए ।करीब ३ घन्टा चलेको प्रतिस्पर्धामा विद्यालयका प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।
हाम्रा न्युजकिरण डटकमका संवाददाताले खिचेको एक बोर्डिङ स्कुलको हाजिर जवाफ भने भिडियोमा यस्तो देखिएको छ ।