आज राष्ट्रिय सभाबाट २० सांसद बिदा हुँदै,को को छन् त बिदा सुचीमा, हेर्नुहोस् नालीबेली

आज राष्ट्रियसभाका अध्यक्ष लगायत २० सांसदको पदावधिको अन्तिम दिन रहेको छ । उनीहरू २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकालको आज अन्तिम दिनमा छन् । त्यही भएर पनि उनीहरूले आजबाट बिदा लिंदै छन् ।

गणेशप्रसाद तिमिल्सिना, दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल थापा, पार्वती, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई छन् ।

कांग्रेस नेतृत्वबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ छन् ।

माधव कुमार नेतृत्वको नेकपा एसबाट नन्दा चापाई र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमीलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल छिन् ।
नेकपा माओवादी केन्द्रबाट विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा रहेका छन् । उनीहरु पनि आजै बिदा हुनेछन् ।

उनीहरुको स्थानका लागि माघ ११ मा भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भएका छन् । फागुन २१ गते उनीहरूको शपथको कार्यक्रम राखिएको छ भने एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।