किरणबाबु पुन सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त

जनवादी गायक किरणबाबु पुन सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकबाट उनी संस्थानको महाप्रबन्धक पदमा नियुक्त भएका हुन् । पुन सानीभेरी गाउँपालिका-६ रुकुमपश्चिमका हुन् । किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् । पुन माओवादी केन्द्र निकट मानिन्छन्।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त गर्ने निर्णय गरेको छ।नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा भने रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गर्नेलगायतका निर्णय मन्त्री परिषदले गरेको बुझिएको छ ।