राष्ट्रिय परीक्षा बोर्डले गर्यो रोस्टर भर्नको लागि आग्रह

परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले शिक्षक रोस्टर भर्ने/भराउने सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ । शिक्षक रोस्टर भर्ने/भराउने सम्बन्धी सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डद्वारा सम्पादन हुने परीक्षा सम्बन्धी कार्यका लागि विवरण पेस गर्न भनेको हो ।

(प्रश्न पत्र निर्माण, प्रश्न पत्र परिमार्जन, उत्तर पुस्तिका परीक्षण/संपरीक्षण, परीक्षा पर्यवेक्षण प्रयोगात्मक परीक्षाको वाह्य परीक्षक, प्रशिक्षक प्रशिक्षण) लगायत अन्य कार्यहरूमा सहभागी हुन इच्छुक शिक्षकहरूको विवरण (रोस्टर) अद्यावधिक गर्न सक्ने बोर्डले जनाएको छ ।

कक्षा ११ र १२ मा अध्यापनरत इच्छुक शिक्षक/शिक्षिकाहरूले आफू सहभागी हुन चाहेको क्षेत्र, अध्यापनरत विषय, विशिष्टीकृत विषय र अध्यापन अनुभव वर्ष उल्लेख गरी माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी सम्बन्धित विद्यालयमा बुझाउनु पर्नेछ ।तर, कतिपय अध्यापकहरुले भने यो शिक्षा विषय पढेका र सरकारी विद्यालयमा कार्यरतका लागि मात्र होकि बुझ्न गाह्रो परेको गुनासो गरेका छन् ।