एसईई परीक्षा चैतको पहिलो हप्तादेखि सुरु, शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको धारणा राख्दै अध्यक्ष डा.महाश्रम शर्माद्वारा एसईई नहटाउन सुझाव

शुभकामना स्कुल,शान्त वातावरणमा पढाइ हुने स्कुल

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नहटाउन सुझाव दिएको छ। बिहीबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट धारणा राख्दै अध्यक्ष डा.महाश्रम शर्माले एसईई हटाउन नहुने सुझाव दिएका हुन् ।‘एसईई हुनुपर्छ । तर, केन्द्रीकृत नभई प्रादेशिक रूपमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’ अध्यक्ष शर्माले भने। विधेयक कक्षा ८ र १२ मा परीक्षा हुने उल्लेख गरिएको छ। उक्त प्रावधानले विद्यार्थीहरूको पढाइमा झन् कमी आउने उनको तर्क राखे । ‘अहिले कक्षा ८ मा हुन्छ। त्यसपछि कक्षा १० र १२ कक्षामा परीक्षा भइरहेको छ। यदि ८ मा परीक्षा गरेर सिधै १२ गर्दा बिचमा ४ वर्ष ग्याप हुन्छ,’ अध्यक्ष शर्माले भने, ‘चार वर्ष ग्याप हुँदा विद्यार्थीको पढाइ तथा मूल्याङ्कनमा थप कमी आउने हो ।’ कक्षा ११ मा सम्बन्धित विद्यालयले नै परीक्षा लिने गरेकाले परीक्षामा शतप्रतिशत विद्यार्थी पास हुने गरेका छन्। तर, कक्षा १२ को बोर्ड परीक्षामा भने ५० प्रतिशत विद्यार्थी पास हुन्छन्। यस्तो अवस्थामा कक्षा १० को बोर्ड परीक्षा हटाएको खण्डमा फेल हुने दर झन् बढ्ने शर्माको भनाइ छ। परीक्षा बोर्डले चैतको पहिलो साताबाट परीक्षा चल्ने जनाइ सकेको छ ।
एसईई परीक्षा तयारीमा यसरी जुटेका छन् विद्यार्थीहरु:-