प्रदेश सरकारले दियो बिहीबार सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर बिहीबार सार्वजनिक बिदा दिएको हो।

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ। बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाइन्छ।

पहाडी जिल्लाबाट तराई झरेका बाजुरेली, बझाङ्गीहरुले यहाँ पनि भुवा पर्व मनाउने गरेका छन्। सार्वजनिक स्थानमा भुवा नाँच नाचेर यो पर्वमा रमाउने चलन रहेको छ। भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले यहाँ पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।अन्य प्रदेशमा भने बिदा दिइएको छैन् ।