उपत्यकामा आज हुने विशेष क्रार्यक्रमहरु हेर्नुहोस्

१.नेपाल बिद्यार्थी संघ ललितपुरले ४८औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बृहत् रक्तदान कार्यक्रम गर्ने ।
स्थान :- नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, नखिपोट, ललितपुर ।
समय :- ७:३० बजे ।

२.नेकपा (एमाले) बुढानीलकण्ठ नगरपालिका वडा नं. ०२ कमिटिको दोस्रो अधिवेशन हुने ।
स्थान :- ड्रिम गार्डेन बू.न.पा.०२, भंगाल ।
समय :- ७:३० बजे ।

३.नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रमुख आतिथ्यतामा नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सव कार्यक्रम हुने ।
स्थान :- क्यान प्रधान कार्यालय, सिनामङ्गल ।
समय :- ८:३० बजे ।

४.राष्ट्रवादी नागरिक समाजले पुर्व श्री ५ युवराजधिराज पारस वीर विक्रम शाहदेव सरकारको ५३ औं शुभ जन्मोत्सव भव्यताका साथ मनाउन वसन्तपुर कुमारी मन्दिर अगाडि राजभक्तहरू जम्मा भई शुभजन्मोत्सव पदयात्रा सहित असन चोकस्थित अन्नपूर्ण मन्दिरमा दीप प्रज्वलन गरी शुभकामना सभा कार्यक्रम गर्ने ।
स्थान :- भेला हुने बसन्तपुर ।
समय :- ९:०० बजे ।

५.जिल्ला गोर्खा बारपाक गा.पा.वडा नं २ सुलिकोट घर बताउने बर्ष ६६ को तेल बहादुर घले मिति २०७५/०६/१४ गते नेपाली सेनाले सडक बनाउने क्रमा बिस्पोटन गर्दा घर र होटेल पुर्णरुपमा क्षती भएको र क्षेतिपुर्ती पूरा नपाएको भन्दै शान्तिपुर्ण धर्ना बस्ने ।
स्थान :- शान्तिवाटिका ।
समय :- १०:०० बजे ।

६.दोलखा जिल्ला घर भएका ५४ वर्षका दिल बहादुर सुनारले विभिन्न माग राखि नेपाल सरकारलाई ध्यानाकर्षण गराउन धर्ना तथा ब्यानर प्रदर्शन गर्ने ।
स्थान :- शान्तिबाटिका ।
समय :- १०:०० बजे ।

७.नेपाली काङ्ग्रेस बाजुरा – काठमाडौ सम्पर्क समिति गठन कार्यक्रम हुने ।
स्थान :- त्रिचन्द्र क्याम्पस, घण्टाघर ।
समय :- ११:०० बजे ।

८.धादिङ गजुरी गाउँपालिका किरान चोक -८ स्थायी ठेगाना भई हाल कलंकी घर बताउने वर्ष ७५ का चेतनाथ ढुंगानाले सत्तासीन नेताहरुले कानुनलाई मनोमानी रुपमा प्रयोग गरि दोषिलाई छुटदिने, राष्ट्रघाती सम्झौता गर्ने कार्य गरिरहेको हुंदा “२०७२ असोज ३ गतेको संविधान गणतन्त्र हैन नेता तन्त्र हो” यसलाई जलाई नयाँ संविधान जारी गर्नुपर्ने माग सहित व्यानर प्रदर्शन कार्यक्रम गर्ने ।
स्थान :- शान्तिबाटिका ।
समय :- १२:०० बजे ।

९.जिल्ला संखुवासभा चिचला गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल महाराजगन्ज बस्ने बर्ष ७० का राष्ट्रबादी राजनैतिक जनजागरण अभियानका अध्यक्ष साल घले भ्रष्ट्रचारीलाई फाँसीको सजायको ब्यबस्था कानुनमा नै उल्लेख गर्नुपर्ने माग राखी धर्ना तथा ब्यानर प्रदर्शन गर्ने ।
स्थान :- शान्तिबाटिका ।
समय :- १२:०० बजे ।

१०.खाेटाङ दिग्तेल स्थायी धर भई हाल शंखमुल बस्ने ७८ वर्षको टंक प्रसाद आचार्य नेपालको संवैधानिक न्यायीक प्रयोगको सर्वोच्च अदालतबाट पालना नगरेको विरुद्धमा घुम्ति आमरण अनसन बस्ने ।
स्थान :- शान्तिवाटिका ।
समय :- १२:०० बजे ।

११.क्रान्तिकारी कम्युनिस्ट पार्टीले बालकुमारी हत्याकाण्डकाे बिराेधमा विरोध सभा तथा मृतक प्रति श्रद्धाञ्जली कार्यक्रम गर्ने ।
स्थान :- बालकुमारीमा जम्मा हुने ।
समय :- १२:०० बजे ।

१२.कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रले नेपाली कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्मान तथा सांस्कृतिक कार्यक्रम गर्ने ।
स्थान :- राष्ट्रिय नाचघर जमल ।
समय :- १२:०० बजे ।

१३.राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउँ महाअभियान केन्द्रिय सांस्कृतिक विभागले बधाई शुभकामना तथा सांस्कृतिक विभाग गठन कार्यक्रम गर्ने ।
स्थान :- कार्की व्याङ्कवेट, बबरमहल ।
समय :- १२:१५ बजे ।

१४.प्रदीप ज्ञवाली, परी थापाको उपस्थितिमा राम कार्की (पार्थ) द्वारा लिखित पुस्तक “विकल्प” माथि परिचर्चा कार्यक्रम हुने ।
स्थान :- उत्तमचोक, नयाँबजार ।
समय :- १३:०० बजे ।

१५.नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू सार्वजनिक गर्न र पौष १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्ने ।
स्थान :- पार्टीको केन्द्रीय कार्यालय, सानेपा, ललितपुर ।
समय :- १३:०० बजे ।

१६.सिभिल सर्भिस अस्पतालको करार कर्मचारी हित संघर्ष समितिले सिभिल अस्पतालमा कार्यरत करार रेडियोलोजी तर्फका कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धा बाट पदउन्नति गर्ने निर्णय विरुद्ध विभिन्न पाँच बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन सहित धर्ना दिने ।
स्थान :- सिभिल सर्भिस अस्पताल, मिनभवन ।
समय :- १३:०० बजे ।

१७.राप्रपा नेपाल भक्तपुरले आयाेजना गरेकाे बृहत् बिराेध र्‍याली सहित बिराेध शभाकाे तयारि बैठक बस्ने ।
स्थान :- पार्टी कार्यालय सल्लाघारि, भक्तपुर ।
समय :- १३:०० बजे ।

१८.सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा च्याउ उत्पादन किसान संघ नेपालको एकदिने च्याउ परिकार मेला तथा प्रदर्शनी कार्यक्रम हुने ।
स्थान :- जावलाखेल फुटबल मैदान, जावलाखेल, ललितपुर ।
समय :- १३:०० बजे ।

१९.रिटर्नी फेडेरेसन नेपालको तेश्रो स्थापना दिवसका अवसरमा रिटर्नी उद्यमीहरुसङ्ग अन्तरक्रिया कार्यक्रम गर्ने ।
स्थान :- लर्ड पार्टी भेन्यू, धुम्बाराही ।
समय :- नखुलेको ।
-स्रोत न्युज अभियान