ग्वार्को पछि कुमारीपाटी – जावलाखेल क्षेत्रमा सधैं सवारी जाम हुन थालेको छ । साँझपख अफिस छुट्टी हुनासाथ हतारिएर घर पुग्नु पर्ने जनमानसका भनाई अनुसार सो क्षेत्रमा प्रायः सवारी जाम हुन थालेको हो ।एक यात्रुले न्युजकिर अनलाइनसँग भनिन्,’ अफिसबाट घर जानेबेला जहिले कुमारीपाटीमा सवारी जाम हुने गर्दछ ।’शुक्रबार सदाको भन्दा अत्यधिक सवारी साधनको चाप देखिएको थियो । हरेक कुराको सेवा सुविधा सम्पन्न मानिएको कुमारीपाटी सडकमा जाम हुनुमा अवैध पार्किङ रहेको धेरैको बुझाइ छ । साँझपख नो पार्किङ र समता पार्किङ स्थलमा प्रशस्त सवारी साधनहरु रोकिएका थिए । ट्राफिक व्यवस्थापनको कमजोरी पनि देखिएको थियो ।
यस्तो छ शुक्रबार न्युजकिरण संवाददाताले खिचेको भिडियो दृश्य