भोलि देशभर शैक्षिक संस्था लगायतमा सार्वजनिक विदा

मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा भोलि देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले मगर समुदायको मकर (संक्रान्ति)सकराति तथा थारु समुदायको माघी पर्वको अवसरमा भोली मंगलबार देशभर बिदा दिएको हो ।

मकर संक्रान्ति सँगै भोलि शैक्षिक संस्था,बैंक तथा वित्तीय संस्था र सेयर बजार र सार्वजनिक कार्यालय समेत बन्द हुने जनाइएको छ । उपत्यकामा पनि घिउ चाकु खाएर सकराति मनाइने गरिएको पाटनका एक स्थानीयले बताए। शैक्षिक संघ संस्था पनि अधिकांश बन्द रहने प्याब्सनका एक नेताले बताए ।