शान्ति तामाङको लोकदोहोरी गीत ‘स्वर्गकी परी’ युट्युब भाइरल ,

२१ असार २०८० काठमाडौं । नवोदित गायिका शान्ति तामाङले स्वर्गकी परी एबम बजारमा ल्याउनु भएको ।रोयल मुभिजले बुधबार युट्युब च्यानल मार्फत गायिका तामाङको टिपिकल लोकदोहोरी गीत बजारमा सार्वजनिक गरेको हो ।

चर्चित काँठे लोकदोहोरी गायक जनक लामा र शान्ति तामाङको स्वरमा सजिएको यस गीतमा अर्चना स्याङतान र तेजमान तामाङको अभिनय छ भने यस गीतको भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका छन् । एरेन्ज विष्णु तामाङले गरेका हुन् । विष्णु तामाङ काँठे लोकदोहोरी गीतमा निकै चर्चित एरेन्जर मानिन्छन् ।