नेपालगन्जमा जारी महोत्सवमा सहभागी हुन लोकप्रिय नायक पल शाह शनिबार नेपालगन्जमा आएका थिए।
महोत्सव स्थलमा हजारौ दर्शकहरु पलकै लागि भनेर नेपालगन्जको चिसोलाई वास्ता नगरी बेलुकी ५ बजेसम्म कुरेर बसेका थिए।
जब पल स्टेज चढे माहोल बेग्लै बन्यो । दर्शकले ताली र हुटिङले स्वागत गरेको गरेकै रहे ।नायक पलले केही गीतहरुमा नृत्य गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए।शाहले दर्शकलाई नमस्कार गर्दा हुटिङ्ले ग्राउन्ड नै रोमाञ्चक बनेको थियो । पछिल्लो समय पल शाहको फिल्मी क्रेज मौलाउँदै गएको छ।