आफ्ना माग पूरा नभए दीक्षान्त समारोह प्रभावित पार्ने त्रिवि कर्मचारी संघको निर्णय

त्रिविका कर्मचारीले आफ्ना माग पूरा नभए दीक्षान्त समारोह प्रभावित पार्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले विज्ञप्ति जारी गर्दै विगतमा भएका सम्झाैता पूर्ण रुपमा कार्यान्वयन गर्न र गुमेका सुविधाहरुकाे सुनिश्चितता हुनुपर्ने माग राखेका छन्
त्रिविका प्रशासनिक कार्य तथा शैक्षिक कार्यक्रम पूर्णरुपमा ठप्प पार्ने कर्मचारी संघले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।कर्मचारी संघले त्रिविसँग गत चैतमा सम्झाैता गरेकाे थियाे।

कर्मचारी संघले लामाे समयदेखि ज्यालादारी, करार सेवामा कार्यरत कर्मचारीहरूकाे सेवा स्थायित्वकाे प्रक्रिया सुरु नहुनु, पदाेन्नति नहुनु, नियमित विज्ञापन नहुँदा जनशक्ति अभावमा विश्वविद्यालकाे दैनिक प्रशासन सञ्चालनमा समस्या उत्पन्न भएकाे जनाएकाे छ।