उपभोक्ता समितिको काम ब्रोकर वा दलालको जस्तो हुन थाल्यो: अख्तियार प्रमुख राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उपभोक्ता समितिको काम ब्रोकर वा दलालको जस्तो हुन थालेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न विधेयकमाथि राज्य व्यवस्था समितिमा बुधबार भएको छलफलमा प्रमुख आयुक्त राईले समुदायमार्फत काम होस् भनेर उपभोक्ता समितिमार्फत काम गराउने अवधारणा आएको बताए । तर, पछिल्लो सरकारले उपभोक्ता समितिलाई दिने र समितिले ठेकदारलाई काम लगाउने गरेको भन्दै उनले यसो भनेका हुन् ।
उनले उपभोक्ता समितिमार्फत बनाएका भवन, पुल लगायतको काममा खासै गुणस्तरसमेत नभएको पाइएको बताए । प्रमुख आयुक्त राई भने, ‘उपभोक्ता समितिको विषय सिरियर छ, यसलाई कसरी समेट्ने पनि छलफल गरौं ।’