विष्णु माझीले गाएको गीत २४ घन्टा नकटदै ४ लाख भ्यूज क्रस

लोकदोहोरी गायिका विष्णु माझीको स्वर समावेश तीज गीत ‘बलमा’ बुधबार युट्युबमा सार्वजनिक भएको छ । सपना म्युजिक इण्डष्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।

‘पुतलीको भट्टी-१९’ अन्तर्गत रहेको गीतको भिडियोमा मोडल बिनु सुवेदी फिचर्ड छिन् । गीतमा महिला हिंसाविरुद्धको सन्देश दिने प्रयास गरिएको छ । सुन्दरमणिकै निर्देशन रहेको भिडियोमा शम्भु चालिसेको छायांकन र निशान घिमिरेको सम्पादन छ ।

विष्णु माझीले हरेक वर्षको तीजमा आफ्नो नयाँ गीतमा स्वर सार्वजनिक गर्दै आएकी छिन् । उनले गायको तिज गीत भाइरल हुन्छ भन्ने गरिन्छ । हुन पनि हो उनको स्वरमा रहेको गीतले एक दिनमै ४ लाख भ्यूज क्रस गरिसकेको छ ।
गीतको भिजुयल यस्तो छ: