काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको निधन भएको हो । कांग्रेस नेता सुशील भट्टले बताए अनुसार
रिजाल अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका थिए । उनको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका निर्देशक डा विनोद विजुक्छेकाे भनाइ छ ।
रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं – ७ का क्षेत्रीय सभापति पनि हुन् ।
वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिएका छन् ।