बझाङ १ मा दमनबहादुर भण्डारी र इलाम २ मा सुहाङ नेम्वाङ बिजयी

प्रदेश सभा सदस्यका लागि बझाङ (१)को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन् ।यस अघि निर्वाचनमा बझाङ (१) बाट कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । त्यसैगरी इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी बने । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी बने ।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुवास नेम्वाङ विजयी भएका थिए । गत वर्ष भदौमा सुवासको निधन भएपछि रिक्त स्थानमा बैशाख १५ गते उपनिर्वाचन भएको थियो । नेकपा एमालेले सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतार्यो।

सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । प्रतिस्पर्धामा रहेका कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए । पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए ।