गोदावरी महायज्ञ उद्घाटन बुधबार, ५० लाखको सजावट खर्च

ललितपुर गोदावरी क्षेत्रमा बुधबारबाट महायज्ञ सुरु हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले महायज्ञको उदघाटन गर्ने कार्यक्रम छ ।

महायज्ञस्थलमा विशिष्ट पाहुनाघर, प्रसाद स्थल सचिवालय, होम तुलादान स्थल निर्माण गरिएको छ । ललितपुरको सातदोबाटोखि अनुष्ठान अयोजना स्थलसम्म स्वागतद्वार निर्माण गरिएको बताइएको छ ।

मामाघर अनाथालय आश्रम निर्माणको सहयोगार्थ अनुष्ठान आयोजना गरिएको चर्चित कथाबाचक वालयोगेश्वर विजयमूर्ति बताउँछन् । उनले भन्छन,‘हामीलाई सरकारले जग्गा उपलव्ध गराए गुरुयोजना अनुसार आश्रम निर्माण गर्न पाँच करोड लाग्छ ।’

कार्यक्रमस्थलमा आयोजित पत्रकार सम्मेलनमा महाराजले अनुष्ठानअघि नै करिब ५० लाख खर्च भइसकेको जानकारी दिए । उनले भने, ‘हामीले धेरै यस्ता कार्यक्रम गरिसकेको हुनाले धेरैले सरसामाग्री उधारो दिन्छन् । अनुष्ठानको तयारी गर्न समस्या पर्दैन ।

गोदावरी कुण्डबाट बुधबार विहान ७ बजे कलशयात्रा सुरु हुँदैछ ।
चर्चित कथाबाचक वालयोगेश्वर विजयमूर्ति महाराजको पहलमा स्थापित यस अनुष्ठानको कथावाचन गरिमा उपाध्याय र उमा महेश्वरीले गर्ने कार्यक्रम रहेको छ ।