पाठ्यक्रममा बृहत्तर यौनिकता शिक्षाका विषयवस्तुहरू समावेश

स्थानीय तहमा निर्माण भई लागू हुने पाठ्यक्रममा बृहत्तर यौनिकता शिक्षाका विषयवस्तुहरू समेत समावेश गर्न लागि पहल गर्ने निर्णय गरिएको छ।

कपिलवस्तुको तौलिहवामा सम्पन्न बृहत्तर यौनिकता जिल्ला स्तरीय प्राविधिक कार्य समितिको बैठकबाट सो निर्णय गरिएको हो। यौनिकताका विषय वस्तुहरू अझै पनि विद्यालयमा प्रभावकारीरुपमा लागू नभएको, शिक्षकहरुले समेत अझै पढाउन आनाकानी गरेका जस्ता विषयमा बैठकमा समस्या आवाज उठाइएको थियो।

शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले अहिले जिल्लाका १० वटै पालिकामा स्थानीय पाठ्यक्रमहरू तयार भइरहेका छ ।उनले पाठ्यक्रमका विषय वस्तुहरुमा यौनिकताका विषय वस्तुहरुलाई पनि समावेश गराउदा ठिकै हुने भनेका छन्।
त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले यौनिकता विषयलाई पाठ्यक्रममा समावेश गरेर प्रभावकारी रुपमा लैजानु पर्ने बताए। यो विषय पठनपाठनमा अझै पनि शिक्षक विद्यार्थीहरु खुल्न नसकेर शिक्षक विद्यार्थीहरुमाझ जेनेरेसन ग्यावझै देखिएको छ। एक विद्यालय एक नर्सको अवधारणा लागु गराउन जिल्ला समन्वय समिति मार्फत सहजीकरण गर्ने विद्यालयमा पठनपाठन गर्ने सबै शिक्षकलाई बृहत्तर यौनिकता विषयमा तालिम दिने पनि निर्णय गरेको छ।

किशोर किशोरी मैत्री सूचना केन्द्र सबलीकरण तथा केन्द्रको संख्या बढाउने, स्थानीय तहमा कार्यरत नर्स र स्वास्थ्यर्मीलाई बृहत्तर यौनिकता शिक्षाका बिषयमा अभिमुखीकरण गराउने, प्राविधिक समितिको टीओर निर्माण गरी जिम्मेवारी दिने समेत निर्णय गरिएको छ।

बैठकमा यस अघि प्राविधिक समितिले २०७९ मंसिर २९ गते गरेको निर्णय, कार्यान्वयनका अवस्थाका बारेमा युएनएफपिएका जिल्ला संयोजक संजय शर्माले जानकारी गराएका थिए। बैठकमा सिसो नेपालका खुमानन्द घिमिरेले बृहत्तर यौनिकता शिक्षाका बारे विस्तृत जानकारी गराएका थिए।

सो अवसरमा युएनएफपिएका लुम्बिनी प्रदेश संयोजक राम थापाले बृहत्तर यौनिकता शिक्षामा कपिलवस्तु र लुम्बिनी प्रदेशमा भएका प्रगतिहरुका विषयमा जानकारी गराएका थिए। यसवर्ष बृहत्तर यौनिकता शिक्षामा राष्ट्रिय स्तरमा भएका गतिविधिहरू तथा कपिलवस्तुमा यस वर्षका लागि बृहत्तर यौनिकता शिक्षा सबन्धी कार्यक्रम लागू हुनुपर्ने खुमानन्द सुबेदीले जानकारी गराएका थिए।

जिल्लाका ३ पालिका १३ विद्यालयमा नुमनाकारुपमा बुहत्तर यौनिकता शिक्षा संचालन गरिएको छ। सो अवसरमा कपिलवस्तु नगरपालिकाका शिक्षा शाखाका प्रमुख हरि प्रसाद ज्ञवाली, शिवराज नगरपालिका शिक्षा शाखाका दिनेश कुमार चौधरी, सुद्धोदन गाउँपालिका शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्माले यौनिकता शिक्षाका आफ्नो पालिकमा भएको प्रगति विषयमा जानकारी गराएका थिए।

बैठक शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेको अध्यक्षता, चोप लाल बेल्बासेको संचालन र जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो।यो समाचार नागरिक न्युजमा प्रकाशित छ ।

यो पनि पढ्नुहोस्:-
केही हप्ता अघि ललितपुर महानगरपालिकाको एक विद्यालयका छात्रले अर्को कक्षामा अध्ययन गरिरहेकी छात्रालाई हग्स र किस गरेको निहुँमा प्रधानाध्यापकले सजाय दिँदा छात्रको गाला सुनिएको थियो ।गाला सुनिएसँगै छात्रले अभिभावक जम्मा गरेर प्रधानाध्यापकलाई माफी माग्न बाध्य गराएका थिए।यो घटना न्यूसुम्निमा स्कुलमा घटेको थियो ।यस्ता यौनिकता विषयको अराजकताले कतै व्यक्तिलाई सहज त कतै नीतिगतरुपमै त्रुटिपूर्ण बनाएको छ । प्राय:७,८,९,१० मा यौनिकता शिक्षा भन्दानी कडाईकासाथ विद्यार्थीहरुलाई पाठ्यपुस्तकको विषयवस्तुमा निर्पूण बनाउनु पर्नेमा शिक्षक शिक्षिकाहरु एकमत हुनु अपरिहार्य छ ।