राजधानीका केही ठाउँमा हुने वेश्यावृत्ति तथा देहव्यापारको विकल्प के त ?

काठमाडौं सहरका अधिकांस स्थानीय महिलाहरु ८ हजार तलबमा काम गर्न वाध्य छन् ।यही घर भएकाले बाहिरबाट काठमाडौं आइ बसेका महिलाहरु भन्दा उनीहरुलाई नकोठा भाडा र न खाना खर्च नै व्यहोर्नुपर्ने हुन्छ । प्रायः घर नजिकैका सहकारी, विद्यालय,कारखाना,पसल आदिमा उनीहरुले काम गर्ने गरेका छन् । च्यासल घर भएकी अनुषा महर्जनका स्नातक पढदै छिन् । उनी सिद्धिपुरको एक विद्यालयमा पढाउँदा आफूले ५ हजार तलब पाएको बताउँछिन् ।त्यसो त ग्वार्कोमा रहेको प्रभात स्कुलमा कार्यरत महिलाले पनि आफ्नो तलब १२ हजार जति मात्र रहेको बताउँछिन् । पाटन औद्योगिक क्षेत्रमा काम गर्ने एक स्थानीय महिलाले आफ्नो तलब १८ हजार माथि रहेको र सेवा सुविधा पनि राम्रै रहेको बताइन् । हात्तीवनमा रहेको एल स्कुलमा काम गर्ने एक कामदारका अनुसार यो स्कुलमा छोर्नै गाह्रो छ।तलब त १५ हजार नै पाइन्छ भन्दै हाँसिन् । लुभुमा रहेको नमुना स्कुलका भान्से बाजेले सिँगान पुछ्दै भने,म दश वर्ष बढी काम गरेको मान्छे हुँ;मेरो तलब ८ हजार अलि अपुग छ ।म्यामहरुको पनि त्यस्तै ५,६ हजार भन्दा अलि माथि नै होला ।उनले थपे, सबै प्रायः स्थानीय महिला शिक्षकहरु काम गर्ने हाम्रो नमुना स्कुल हो?’यी त भए केही स्थानीय रोजगारीमा आवद्ध महिलाहरुबारेको चर्चा।तर, उपत्यका बाहिरबाट आइ बसोबास गर्ने एक महिलाले कम्तीमा ५-६ हजार कोठाभाडा तिर्नुपर्ने हुन्छ ।मोबाइल खर्च र गाडीभाडा अनि खाजा खर्चको हिसाब गर्दा ५,६ हजारले महिना कटाउन हम्मे हम्मे पर्दछ ।अनि,उनीहरु स्थानीय महिलाहरु झैं सदा एकै अफिसमा टिक्न सक्दैनन् । कि जागिर फेर्न बाध्य हुन्छन् कि कमाइका विकल्प रोज्न थाल्दछन् ।नभए उनीहरु स्थान परिवर्तन गर्ने गर्दछन् ।त्यसो त यो पीडा महशुस चाहे पुरुष नै किन नहुन ऋण गरेर भएपनि खाँदै टिक्न वाध्य छन् । उपत्यका बाहिरबाट काठमाडौं आइ बसेका र यहाँका जनशक्तिलाई एकै दर्जामा राखेर हेर्नु राम्रो होइन् ।भन्न त समान कामको समान ज्याला सरकारले नै राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको हुन्छ ।तर,बढदो महंगी, बेरोजगारी र नाजुक आर्थिक अवस्थाका तमाम मानिसहरु वर्षेनी ऋणमा डुब्ने नगरेका भने होइनन् । प्रदेश र पालिका अनि वडास्तरीय संरचनागत क्रियाकलापमा देश चलिरहेको बेला संविधानमा व्यवस्था भएको गाँस,बास,कपास, शिक्षा, स्वास्थ्य , खाद्य र रोजगारको हक राज्य वा सम्बन्धित निकायबाटै कार्यान्वयन नहुनु दुखद् कुरा हो । त्यसैले, चोरी,डकैती,गुडागर्दी र कमिसनतन्त्र मौलाइरहेको पाइन्छ । सुरक्षित लगानीको वातावरण नहुँदा र युवापुसतालाई सरकारले स्वरोजगारीको नबनाएसम्म न देशमा सुशासन आउँछ न देशले नै सम्वृद्धिको आवास गर्दछ ।

केही महिलाहरुको रोजगारी मै बेस्याबृत्ति:
विश्वको नजरमा अहिले नेपालको राजधानी काठमाडौं उपत्यकामा विकास भन्ने परिरहँदा कोटेश्वर, रत्नपार्क, बसुन्धारा, चाबहिल,कलंकी, ठमेल,भक्तपुर लगायतका ठाउँबाट महिलाहरुले बेस्याबृत्ति वा देहव्यापार चलाइरहेको जनगुनासो आउन थालेको छ ।दैनिक देह व्यापारबाट कमाएको रकमले आफ्नो घरखर्च चलेको नाम परिवर्तन (सुक्री)ले न्युजकिरण डटकम संवाददातालाई बताइन् ।उनले थपिन,’पहिले पहिले दिनमा ४,५ हजार सामान्य कमाइ हुने गरेको थियो अहिले त २ हजार पनि पुग्न गाह्रो छ ।त्यसो त केही महिला अभियन्ताहरुले राष्ट्रको उन्नति र प्रगतिका लागि अहोरात्र खटिरहेका छन् ।विभिन्न बलत्कार र लिङभेदका विषयमा वकालत गर्ने र हक अधिकार पनि दिकाउने उनै महिलाहरुनै हुन् ।सबैभन्दा डिभोर्सको चर्चा पनि आजभोलि महिलाहरु पुरुषबीच नै हुने गर्दछन् ।जे होस् समाज परिवर्तनका लागि राष्ट्र र राष्ट्रियता जोगाउनु अहिलेको अपरिहार्यतस हो । धर्म संस्कृति रीतिरिवाज र परम्परागत सामाजिक संरचनासँगै भूगोलको रक्षार्थ शान्ति र सुशासन समेत वर्तमानमा अत्यावश्यक छ । उपत्यकाबाट वेश्यावृत्ति वा देहव्यापारलाई निर्मूल पार्नमा भने मेयरहरुको धेरथोर हात छ ।