एसईई परीक्षाका लागि ४ लाख ८९ हजार ४ सय ४४ जना विद्यार्थीले भरे फारम

यस वर्षको एसईई परीक्षाका लागि ४ लाख ८९ हजार ४ सय ४४ जना विद्यार्थीले फारम भरेका छन् ।
छात्र तर्फ २ लाख ४६ हजार ४ जना र छात्रातर्फ २ लाख ४३ हजार ४ सय ४० परीक्षार्थीले यस वर्ष एसईई परीक्षाका लागि फाराम भरेका हुन् । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार खुला शिक्षातर्फ १० हजारको हाराहारीमा परीक्षा दिने परीक्षार्थी रहेकाले यस वर्षको एसईईमा करीब ५ लाखको हाराहारीमा परीक्षार्थी सहभागी हुने छन् ।

परीक्षा नियन्त्रक पौडेलले यसै वर्षदेखि नयां पाठ्यक्रम अनुसार एसईईको परीक्षा हुने र नन ग्रेडिङ सिस्टम पनि लागू हुने छ । विद्यार्थीले प्रत्येक विषयमा उतीर्ण हुन यसपटक कम्तिमा ३५ अंक प्राप्त गर्नुपर्नेछ । ३५ अंक प्राप्त नगर्ने विद्यार्थीले सोही विषयमा पुनः परीक्षा दिन पाउनेछन् । विगतमा २ विषय र कुनैबेला सबै विषयमा ननग्रेड हुनेले पनि परीक्षामा सहभागी हुन पाउने व्यवस्था लागू गरिएको थियो तर अहिले कति विषय सम्मका ननग्रेडिङले पुनः परीक्षामा सहभागी हुन पाउने भन्ने स्पष्टता खुलाइएको छैन् ।