अतिरिक्त क्रियाकलापलाई महत्व दिँदै आएको शुभकामना माध्यमिक विद्यालयले शुक्रबार वक्तृत्वकला प्रतियोगिता गरेको छ । सामाजिक संजालको सदुपयोग र प्राविधिक शिक्षाको महत्त्वबारे विद्यार्थीले आफ्नो प्रस्तुति देखाएका थिए । कक्षा-९ कि छात्रा सुजिता शाक्य वक्तृत्वकलामा प्रथम भइन । प्रधानाध्यापक राजेन्द्र उप्रेतीका अनुसार विद्यार्थीले किताबका अलावा वाह्य ज्ञान हासिल गरिन भन्ने उद्देश्यले सो कार्यक्रम गरिएको बताए । विद्यालय प्राङ्गणमा करीब ३ घन्टा प्रतिस्पर्धा चलेको र प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेहरुको नाम निर्णायक समितिका संयोजक दिपेश थापाले घोषणा गरेका थिए । शुभकामना माध्यमिक विद्यालय ललितपुरको एक चर्चित र थोरै शुल्कमा पढाइ हुने मध्येको एक विद्यालयमा पर्दछ ।