प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिएका छन् ।
एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्री नियुक्त भएसँगै आज उनले सपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति समक्ष शपथ लिएका हुन् शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायत सहभागिता थिए । नेपाली काँग्रेस र एमाले पार्टीबीच तालमेल भएर वर्तमान सरकार निर्माण हुँदै छ भने मन्त्री मन्डल बाँडफाँड र नियुक्ति छिट्टै हुने जनाइएको छ ।
केपी ओलीले लिए प्रधानमन्त्रीको सपथ
