चर्चित दोहोरी गायिका अर्चना स्याङतान तथा गायक जनक लामाको सुपुत्री अवान्सिकाको शनिबार बानेश्वरमा जन्मोत्सव मनाइएको छ । सामान्य केक काटेर मनाइएको उक्त जन्मोत्सवमा इष्टमित्रहरुले अवान्सिकालाई बधाई तथा शुभकामना दिएका छन् । मकै भटमास, वाध्यता लगायत केही दोहोरी गीतमा आफ्नो कला देखाइसकेकी अवान्सिकाले स्टेज प्रोग्रामहरुमा समेत आफनो नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरिसकेकी छिन् ।बाबाको स्नेह र आमाको ममतामा हुर्किएकी उनी एक बोर्डिङ स्कुलमा अध्ययनरत छिन् । आगन्तुक पाहुनाहरुलाई जन्मोत्सव कार्यक्रममा केक तथा खानाको व्यवस्था गरिएको थियो । सामाजिक सञ्जालमा धेरैले शुभकामना तथा बधाई दिएका छन् ।
चर्चित दोहोरी गायिका अर्चना स्याङतान र गायक जनक लामाको सुपुत्री अवान्सिकाको जन्मोत्सव बानेश्वरमा
