साहित्यिक शहीद सुब्बा कृष्णलाल अधिकारीको जन्म स्थलमा रहेको श्री निलकण्ठेश्वर माध्यमिक विद्यालयका पूर्व विद्यार्थी हरुको ऎतिहासिक प्रथम भेला सम्पन्न भएको छ । शनिबार भक्तपुरको जुमक्याफेमा सम्पन्न भेलाले घन नारायण श्रेष्ठको संयोजकत्वमा १० सदस्यीय तदर्थ समिति निर्माण गरेको छ । सहसंयोजकमा रविन बस्नेत छन् । सदस्यहरुमा क्रमश: नवराज खडका, विष्णु आले, अरुण अधिकारी,रिता अधिकारी,किशोर श्रेष्ठ,पदम कुमार श्रेष्ठ, प्रदिप बस्नेत,सन्त तामाङ र गुणराज भट्ठटराई रहेका छन् ।कुमार श्रेष्ठ समिति सल्लाहकारका चयन भएका छन् । गठित तदर्थ समितिले ३ महिना भित्र विधान मस्यौदा तयार गर्ने निर्णय भएको छ । विधान मस्यौदा समितिको पहिलो बैठक छिट्टै रहने समिति संयोजक घन नारायण श्रेष्ठ न्युजकिरण डटकम अनलाइन खबरलाई बताए । हाललाई तदर्थ समितिको सचिवमा अरुण अधिकारीलाई जिम्मेवारी दिइएको श्रेष्ठले बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर अधिकारीको सभापतित्वमा करीब ५ घन्टा चलेको उक्त भेलामा वागमती प्रदेशका सभासद तारा नारायण श्रेष्ठ प्रमुख अतिथिका रूपमा थिए । श्रेष्ठले पूर्व विद्यार्थी समाजको गठन भएकोमा आफू अत्यन्त खुशी रहेको र १० ,२० लाख समाजलाई सहयोग गर्न पनि तयार रहेको बताएका छन् । उनले थपे, गाउँको सम्वृद्धिको लागि सबै जुट्नु पर्छ । विशिष्ट अतिथको रुपमा बोल्दै बाग्मती प्रदेश मानव अधिकार आयोगका प्रमुख यज्ञ प्रसाद अधिकारी थिए ।उनले पूर्व विद्यार्थीको हैसियतमा आफ्नो भागमा जे जे आइपर्छ त्यसलाई व्यहोर्न तदारुकताका साथ सबै लागौँ म पनि लाग्छु । महेन्द्रोदय मा वि मन्थलीका पूर्व प्रअ तथा अंग्रेजी विषयविज्ञ गुञ्ज बहादुर श्रेष्ठले कार्यक्रमको चर्चा गर्दै प्रभाविलो मन्तव्य राखेका थिए ।उनले भने सबैजना एकजुट हौँ ? को सानो को ठुलो र कुन रंगको भन्ने भन्दानी साँचो पक्षमा लाग्नुपर्छ ।
विद्यालयका पूर्व प्रधानाध्यापक रामचन्द्र अधिकारीले पूर्व विद्यार्थी समाजको गठन र आफूले खेलेको भूमिकाबारे उल्लेख गरेका थिए । हाल विद्यालयको अवस्था र शिक्षण पद्धतिबारेमा प्रधानाध्यापक कुश दाहालले प्रष्ट पारेका थिए । दाहालले बोर्डिङ स्कूलमा झैं पढाइ भइरहेको एक मात्र सरकारी विद्यालय अनि राम्रो विद्यालय बन्दै गएको छ यो विद्यालय ।यो पूर्व विद्यार्थी समाजले त्यसमा सहयोगी भूमिका खेलोस् । पूर्व शिक्षिका सबैको गुरुआमा पार्वती अधिकारी उपस्थित उक्त भेला कार्यक्रममा पूर्व सफल विद्यार्थीहरु क्रमश: कुमार नारायण श्रेष्ठ ,प्रमेश अधिकारी ,समीर अधिकारी ,मुकुन्द काफ्ले ,मिरा काफ्ले,पत्रकार रामकुमार अधिकारी, वकिल सुरज अधिकारीलाई आतिथ्यता ग्रहण गराइएको थियो । कार्यक्रममा सयौँ संख्यामा निर्माण ,यातायात ,सेना प्रहरीमा आवद्ध व्यक्तिहरु सहित सयौ संख्याको उपस्थिति रहेको थियो। कार्यक्रमको आर्थिक व्यवस्थापनका लागि घन श्रेष्ट, अरुण अधिकारी, विष्णु आले र पूर्ण बस्नेतले आर्थिक सहायता गरेका थिए ।
यस्तो छ शनिबार सनसिटी जुम क्याफेमा सम्पन्न पूर्व विद्यार्थी समाजको कार्यक्रम झलक:-
