अब विश्वविद्यालयमा राजनीतिक भाग बन्डाको खेललाई अन्त्य गरिने: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक भागबन्डाखेल अन्त्य गर्ने बताएका छन् । मंगलबार दशरथ रंगशालामा भएको विश्वविद्यालयको ४९ औं दिक्षान्त समारोहमा उनले त्यसो भनेका हुन् ।उनले
मेरिटको आधार उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।उनले खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीहरूलाई विशेष आह्वान पनि गरे । राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबण्डा होइन मेरिटको आधारमा नियुक्ति गर्नु पर्दछ।उनले आफ्नो सामाजिक सञ्जालको पेजमा सो कुरा लेखेका छन् ।

यस्तो छ लेखाइ स्ट्याटस:

आजको यो दिक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दिक्षान्त समारोहको तमाम श्रृङ्खलामा एउटा रेकर्ड हुन गयो। आज म यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने, मेरिटको आधार उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईहरूको अगाडि व्यक्त गर्दछु। यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीहरूलाई विशेष आव्हान पनि गर्दछु। राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबण्डा होइन मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपील गर्दछु।
-त्रिभुवन विश्वविधालयको ४९ औं दिक्षान्त समारोह
२०८०/०९/०२, दशरथ रंगशाला