रुकुममा साेमबार दिउँसो ४ बजेर ३१ मिनेटमा पुन:गयो ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प

रुकुममा साेमबार पुनः भूकम्प आउँदा आठबीसकोट नगरपालिकाका चारजना मानिस घाइते भएका छन् । दिउँसो ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिकाका चारजना घाइते भएका हुन् ।

घाइतेहरुलाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पुर्‍याएको नगरप्रमुख रबि केसीले जानकारी दिएका छन् । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको केसीले बताए । भूकम्प आउने जोखिम कायमै रहेकाले उनले जनसमुदायमा सचेत रहन अपिल गरेका छन् ।