काठमाडौं उपत्यकामा माघ ४ गते हुने विशेष कार्यक्रमहरु

१.सोमालियन शरणार्थीहरुले सोमालियामा भएको युद्धको कारण आफुहरु विस्थापित हुनु परेको र तत्काल सोमालिया फर्कने स्थिति नरहेकोले आफुहरुलाई UNHCR ले अन्य युरोपेली मुलुक लाई गरेकाे सहयोग साे सरह सोमालियाका नागरिक हरुलाई गाँस, बास, कपास काे ब्याबस्था गर्नु पर्ने माग राखि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान :- UNHCR को कार्यालय, महाराजगन्ज ।
समय :- ९:०० बजे ।

२.जिल्ला गोर्खा बारपाक गा.पा.वडा नं २ सुलिकोट घर बताउने बर्ष ६६ को तेल बहादुर घले मिति २०७५/०६/१४ गते नेपाली सेनाले सडक बनाउने क्रमा बिस्पोटन गर्दा घर र होटेल पुर्णरुपमा क्षती भएको र क्षेतिपुर्ती पूरा नपाएको भन्दै शान्तिपुर्ण धर्ना बस्ने ।
स्थान :- शान्तिवाटिका ।
समय :- १०:०० बजे ।

३.नेपाल मेडिकल कलेज अत्तरखेलमा MBBS पहिलो र दोस्रो बर्षमा अध्यनरत विद्यार्थीहरूले क्यान्टिनले खानामा चरम लाबार्बाही गरेको बिसयलाई लियर मौखिक सहमती भयता पनि कार्यन्वन नभयको भनि शान्तिपूर्ण धर्ना बस्ने ।
स्थान :- नेपाल मेडिकल कलेज, गोकर्णेश्वर नपा – ८, अत्तरखेल ।
समय :-१०:०० बजे ।

४.राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष, सिंहदरबार ।
समय :- १०:३० बजे ।

५.नेपाल कम्युनिस्ट पार्टी महालक्ष्मी नगर समिति, ललितपुरले वर्तमान राष्ट्रिय संकट र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रम गर्ने ।
स्थान :- महालक्ष्मी मा बि लुभु, ललितपुर ।
समय :- ११:०० बजे ।

६.स्वतन्त्र बिद्यार्थी युनियन बिश्वबिधालय क्याम्पसले परिक्षा नियन्त्रण कार्यलय रुपान्तरणका लागि परीक्षा नियन्त्रण कार्यलयलाइ प्रबिधी मैत्री बनाउनुपर्ने, शैक्षिक क्यालेन्डर लागु गर्नुपर्ने, परीक्षा नियन्त्रण कार्यलयको सेवा प्रबाहलाइ विकेन्द्रीकरण गर्नुपर्ने, राजनैतिक नियुक्ती बन्द गर्नुपर्ने, दक्ष जनशक्तिको ब्याब्स्थापन गर्नुपर्ने, टियु एपको निर्माण, पारर्दर्सिता, जबाफदेबिता र एक्टिभ हटलाइनको ब्यब्स्था गर्नुपर्ने माग राख्दै परीक्षा नियन्त्रण कार्यलयको मुल गेटमा धर्ना सहित बिरोध कार्यक्रम गर्ने ।
स्थान :- परीक्षा नियन्त्रण कार्यलय, बल्खु ।
समय :- ११:०० बजे ।

७.नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक बस्ने ।
स्थान :- नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासल, ललितपुर ।
समय :- ११:०० बजे ।

८.सिभिल सर्भिस अस्पतालको करार कर्मचारी हित संघर्ष समितिले सिभिल अस्पतालमा कार्यरत करार रेडियोलोजी तर्फका कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धा बाट पदउन्नति गर्ने निर्णय विरुद्ध विभिन्न पाँच बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन सहित धर्ना दिने ।
स्थान :- सिभिल सर्भिस अस्पताल, मिनभवन ।
समय :- १३:०० बजे ।

९.विधायन व्यवस्थापन समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष, सिंहदरबार ।
समय :- १३:०० बजे ।

१०.शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष, सिंहदरबार ।
समय :- १३:०० बजे ।

११.प्राज्ञिक विद्यार्थी परिषद् नेपालले माघ महिनाभर शिक्षाक्षेत्रको समग्र सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियान सन्चालन गर्न गइरहेकोले उक्ता अभियानका विविध कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन गर्ने ।
स्थान :- त्रि.वि. उपकलुपति कार्यालय प्राङग, कीर्तिपुर
समय :- १४:०० बजे ।

१२.नेकपा (एमाले) रामेछाप – काठमाडौ सम्पर्क मञ्चले माघ ६ हुने अन्तरपालिका प्रथम फुटसल कप-२०८०’ कार्यक्रमको तयारीबारे पत्रकार मित्रहरुसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने ।
स्थान :- होटल ए वान भेन्यू, कोटेश्वर ।
समय :- १६:०० बजे ।

१३.डा. गोविन्द केसी र बिबेकशिल पार्टीका बिजयवाबु शिवाकोटी लगायतले माइतीघर मण्डला को निशेधआज्ञा तत्काल फिर्ता गर भनी प्लेकार्ड प्रदर्सन गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १६:३० बजे ।

१४.मिटरब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समिती नेपालको चैत्र २० गते देखि शान्तिवाटिकाको धर्ना कार्यक्रम जारी ।

१५.पीडित आरती रावल गिरिले सर्बोच्च अदालतले न्यायाधीश भुवन गिरिलाई थुनामा पठाउनुपर्ने माग राखि माघ १ गते १५:५० बजे देखि शान्तिवाटिकामा बसेको आमरण अनसन जारी ।

१६.धनुषा नगराइन नपा ८ खिरखरिया बस्ने बिनोद प्रसाद शाह सहित परिवारका ७ जना निजको जेठी छोरी बर्ष २२ की आरती साहलाई मिति २०८०/०२/०७ घर पक्षले कुटपिट गरि हत्या गरेकोले छोरीको हत्यारालाई कडा कार्वाहीको माग राखि असार १ गते राती २०:३० बजे देखि माइतीघर मण्डला र मंसिर ४ गते २०:३० बजे देखि शान्तिबाटिकामा बसेको शान्तिपुर्ण धर्ना जारी