मिन बहादुर गुरुङबाट जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैँया सहयोग प्रदान

भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्‍चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैँया सहयोग प्रदान गरेका छन्। गुरुङले भाटभटेनीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर चेकको रुपमा हस्तान्तरण गरेका हुन। भूकम्प पीडितका लागि दिइएको सो चेकका साथै अन्य खाद्यसामग्री पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

भूकम्पमा परी ज्यान गुमाउनेहरुमा श्रद्धाञ्‍जली व्यक्त गरे । शोक सन्तप्त परिवार जनप्रति समवेदना व्यक्त गर्दै उनले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत व्यक्त गरेका छन्।
यसअघिका भूकम्प, कोभिड, बाढीपहिरो लगायतका दैवी विपत्तिमा पनि मानवीय सहयोग भाटभटेनीले गरेको उनले बताएका छन् ।

गत शुक्रबार राति ११:४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो। ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने १७० जना घाइते भएका छन्। केही बेपत्ता छन्। सिङ्गो देश नै अहिले सो क्षेत्रको उदारमा लागि परेको छ ।