राहत नगरपालिका थुप्रियो तर पाइएन: भूकम्प पिडित

जाजरकोट नगरपालिका नजिकैका बस्तीले राहत नपाएको गुनासो गरेका छन् ।राहत आएर नगरपालिकामा थुप्रिएको तर नपाइएको उनीहरुले गुनासो गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमा भाइरल हुनेगरी त्यस्तो गुनासो प्रकट गरे ।सो बस्तीमा मानवीय क्षति नभएको र घर भने भत्किएको छ ।ती भूकम्प पीडितका अनुसार हामीलाई दलितहरुले नगरपालिका घेरिएको सम्मको आरोप नगरपालिकाले लगाएको गुनासो छ । एउटा कम्मल बल्लतल्ल झगडा गरेरै पाएको र अरु नगरपालिकाले हेरेर दिने भनेको उनीहरुले बताएका थिए । सडकमा शीतले भिजेर बसेको, खान नपाएको जस्ता गुनासाहरु एक मिडियामा उनीहरुले सार्वजनिक गरेका छन् । नगरपालिकाले भने क्षति विवरण संकलन गर्दै रहेको बुझिएको छ । स्मरण रहोस् विगतमा भूकम्प पीडितका लागि दिइएको राहतमा केहि ठाउँमा गरिएको नगर/वडाको पार्टी राजनीतिझैँ जाजरकोट र रुकुम नबनोस् ।