२८ चैत २०७९, मंगलबार ,काठमाडौं । सम्बन्ध विच्छेदको पाँच महिनापछि नै बबिता बानियाँ जेरी र शंकर क्षेत्रीबीच सांगीतिक सहकार्य भएको छ । छायांकन भइरहेको एक गीतमा यी दुईले स्वर दिएका छन् । भिडियोमा दुवैले मोडलिङ समेत गरेका छन् ।
कालोपुलको एक ब्यांकेटमा लाइभदोहोरी शैलीको गीतको छायांकन भइरहेको छ । गीतको शब्द जेरीले लेखेकी हुन् भने गायनमा शंकर र उनको सहकार्य छ । कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा यी दुईको सम्बन्ध विच्छेद भएको थियो ।