ललितपुर जिल्ला प्याब्सनको अध्यक्षमा तारा प्रसाद खनाल र सचिवमा सुन्दर श्रेष्ठ निर्बाचित

ललितपुर जिल्ला प्याब्सनको अधिवेशनबाट अध्यक्षमा तारा प्रसाद खनाल बिजयी भएका छन् । ललितपुरको चुम्लुङ हलमा आयोजित अधिवेशनबाट खनाल प्रतिस्पर्धामा रहेका हिरा महर्जनलाई परास्त गर्दै बिजयी बनेका हुन् । बरिष्ठ उपाध्यक्षमा बासुदेव कोइराला बिजयी बनेका छन् ।महिला उपाध्यक्षमा शशी श्रेष्ठ निर्विरोध निर्वाचित बनेकी छिन् । सचिब पदमा सुन्दर श्रेष्ठ विजयी हुनुभएको छ । सहसचिव पदमा गोविन्द अधिकारी बिजयी बनेका छन् भने कोषाध्यक्ष पदमा जमुना महर्जन बिजयी बनेकी छिन् । सहकोषाध्यक्ष पदमा सत्यवती थापा निर्वाचित बनेकी छिन्।महाधिवेशन स्थलबाट प्राप्त जानकारी अनुसार १६ औँ अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको जनाइएको छ । प्याब्सनको उन्नति प्रगति चाहने ललितपुर प्याब्सनका सक्रिय पदाधिकारीहरु नै यो पटक पनि दोहोरिएकाले जिल्लामा निजी विद्यालयको भलो रहनेमा शङ्का नगर्न एक प्याब्सनका पूरव पदाधिकारीले बताए ।उनले थपे आफू अराजनीतिक भड्काउमा पर्दै र अरुलाई पनि सोही बहकाउमा गिजोल्दै अराजकवादी सोच र गुटबन्दी बनाउँदै हिंड्नेहरुको अब प्याब्सनले लेखाजोखा राख्ने ती सदस्यले बताए । प्याब्सन राजनीति निरपेक्ष निजी विद्यालय संचालकहरु आवद्ध संस्था हो भने इष्टु त्यस संस्थामा कार्यरत शिक्षक कर्मचारीहरु आवद्ध संस्था रहेको इष्टु ललितपुर उपाध्यक्ष विष्णु आलेले जानकारी दिनुभयो ।करीब ९ हजार विद्यार्थीहरु ललितपुर जिल्लाका निजी अर्थात बोर्डिङ स्कूलमा पढिरहेको पनि उहाँले बताउनुभयो । बोर्डिङ स्कूलमा पढिरहेका करीब ९०
प्रतिशत विद्यार्थीहरुले ललितपुर जिल्लाको एसईई परीक्षामा उत्तीर्ण गर्दै आइरहेका छन् ।

यो पनि पढौँ:-

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ललितपुरको १६ औँ अधिबेशनबाट निर्वाचित पदधारीकारीहरु-:

१.अध्यक्ष-:ताराप्रसाद खनाल ( महालक्ष्मी नगरपालिकास्थित भ्याली पब्लिक स्कुलका प्रिन्सिपल)
२.वरिष्ठ उपाध्यक्षमा-: बासुदेव कोइराला(ब्राइट फ्युचर प्रिन्सिपल)
३.उपाध्यक्ष -:शशी श्रेष्ठ(माउन्ट हर्मन स्कुल)
४. सचिव-:सुन्दर कुमार श्रेष्ठ
५.सह-सचिव-: गोविन्द अधिकारी
६.कोषाध्यक्ष-:जमुना महर्जन (निहारिका स्कुल)
७. सह–कोषाध्यक्ष-: सत्यावती थापा
८.सदस्य-: शिवेन्द्र कार्की
९. सदस्य -:रमेश घिमिरे
१०. सदस्य -:शंकर घिमिरे
११. सदस्य -:बिद्या श्रेष्ठ
१२. सदस्य -: रिता श्रेष्ठ
१३.सदस्य -:रामकृष्ण अवाले
१४.सदस्य -:विद्या माली
१५. सदस्य -:रणबिर गिरी