पृथ्वी राजमार्ग (नागढुंगा सडक) केही घण्टाका लागि पुन: बन्द गरिएको छ ।
असोज १२ गतेको बाढीपहिरोपछि एकतर्फीरुपमा सञ्चालन भएको सडक दिउँसो केही घण्टाका लागि पूर्ण रुपमा बन्द गरिएको हो ।झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका लागि २ घण्टाका लागि बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।लामो यात्रामा निस्कनुपर्ने भए नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर मात्रै निस्कन प्रहरीले अनुरोध समेत गरेको छ ।झ्याप्ले खोलाको पहिरोले बन्द भएको सडक सोमबारदेखि आंशिक रुपमा सञ्चालनमा आएको थियो । त्यहाँ पहिरोले ठूलो मानवीय क्षति पनि भएको थियो ।
अरनिको यातायात संचालन
खुर्कोटको पुल मर्मत र रोशी किनाराको सडक मर्मत पूरा नहुन्जेलसम्मका लागि मुढे चरिकोट हुँदै सवारी चल्ने भएको छ । चरिकोट मैनापोखरीको भाडा नौसय तोकिएको एक सवारी चालकले बताए ।