यसपालिको विजयादशमीको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।
आइतबार एक विज्ञप्ति जारी मार्फत टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरिएको हो ।जस अनुसार यसपालिको विजयादशमीको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको हो ।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि ‘अन्तर्राष्ट्रिय साइत निकालेको हो ।
भारतमा अक्टोबर १२ (समयः ११ः४२),
अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ (समयः १०ः०१),
अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ (समयः ११ः२१),
मेलबर्न (समयः ११ः२७), बेलायतको लण्डनमा अक्टोबर १२ (समयः १०ः२१), कतारमा अक्टोबर १२ (समयः ११ः०५) बजेका लागि उत्तम साइत रहेको समितिले जनाएको छ ।
विजयादशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा
