जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने अनुमान गरेको छ। महाशाखाले आगामी तीन दिन नेपालका पश्चिमी र मध्य भागहरूमा ३०० मिलिमिटरभन्दा बढी वर्षा हुने अनुमान गरेको हो । महाशाखा द्वारा सञ्चालित गणितीय मौसम पूर्वानुमान मोडल अनुसार आगामी तीन दिनको लागि पूर्वानुमान गरिएको छ । महाशाखाले मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहितको वर्षाका कारण हुने क्षति कम गर्न सचेत,सजग र सतर्क रहनका साथै आवश्यक सावधानी अपनाउन समेत आग्रह गरेको हो ।
नेपालमा तीन दिन भारी वर्षा हुने
