निगमले बढायो सोमबार देखि पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले सोमबार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल निगमले मूल्य बढाएर पठाएसँगै निगमले सोमबारदेखि मूल्य बढाएको हो।

निगमले पेट्रोलको नयाँ मूल्य १७८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको प्रति लिटर १६१ रुपैयाँ कायम गरेको छ । पेट्रोलियम पदार्थको मूल्यमा बारम्बार मूल्य समायोजन हुनु कुनै नौलो होइन् ।एक पेट्रोल पम्पका अनुसार मूल्य समायोजन बेलाबेला भइरहने गर्दछ ।