नीलकण्ठेश्वर पूर्व विद्यार्थी समाजले बुझायो प्रदेश सभासद तारा नारायण श्रेष्ठलाई ध्यानाकर्षण पत्र

नीलकण्ठेश्वर पूर्व विद्यार्थी समाजले आज वागमती प्रदेश सभासद तारा नारायण श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ । समाजले मन्थली नगरपालिका वडा नं २ र ३ मा रहेको योजना तथा विकास निर्माणबारे ध्यानाकर्षण गराएको हो । समाजले सोमबार बानेश्वरमा भेटी लिखित ध्यानाकर्षण गराएपछि श्रेष्ठले उक्त पत्रमा उल्लेखित मागहरुलाई सम्बोधन गर्न आफू तयार रहेको बताए । ध्यानाकर्षण बुझाउन समाजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।