काठमाडौं उपत्यकामा आज हुने विशेष कार्यक्रम

१.राष्ट्रिय युवा संघ नेपाल, अन्तर जिल्ला विशेष प्रदेश कमिटीले प्रशिक्षण कार्यक्रम गर्ने ।
स्थान :- युनिभर्सल इन्जिनियरिङ एण्ड साईन्स कलेज, चाकुपाट, ललितपुर ।
समय :- ७:०० बजे ।

२.राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर न.पा. वडा नं. ९ काठमाडौंको पहिलो वडा अधिवेशन हुने ।
स्थान :- तारकेश्वर नगरपालिका समिति कार्यालय ।
समय :- ८:०० बजे ।

३.आदिवासी समुदायबाट उच्च अदालतको न्यायाधिस नियुक्त हुनु हुने सबै जनालाइ बधाइ तथा सम्मान कार्यक्रम हुने ।
स्थान :- प्रज्ञा प्रतिष्ठान, कमलादी ।
समय :- ८:०० बजे ।

४.नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभा कार्यक्रम हुने ।
स्थान :- यल दरवार भेन्यु, शंखमूल ललितपुर ।
समय :- ९:०० बजे ।

५.नेकपा (एमाले) बुढानिलकण्ठ ११ वडा कमिटीको दोस्रो ऐतिहासिक वडा अधिवेशन हुने ।
स्थान :- बङलामुखी मन्दिर प्राङ्गण ।
समय :- १०:०० बजे ।

६.जिल्ला गोर्खा बारपाक गा.पा.वडा नं २ सुलिकोट घर बताउने बर्ष ६६ को तेल बहादुर घले मिति २०७५/०६/१४ गते नेपाली सेनाले सडक बनाउने क्रमा बिस्पोटन गर्दा घर र होटेल पुर्णरुपमा क्षती भएको र क्षेतिपुर्ती पूरा नपाएको भन्दै शान्तिपुर्ण धर्ना बस्ने ।
स्थान :- शान्तिवाटिका ।
समय :- १०:०० बजे ।

७.नेकपा (एमाले) चन्द्रागिरि नगरपालिका १४ नं. वडा कमिटीको दोस्रो वडा अधिवेशन हुने ।
स्थान :- गोल्ड स्टार बेड्क्वेट, नयाँ नैकाप ।
समय :- १०:३० बजे ।

८.नेपाली काङ्ग्रेस (बी.पी.) काठमाडौ क्षेत्र नम्बर १० ले पार्टी प्रबेश कार्यक्रम गर्ने ।
स्थान :- फुड्ल्यान्ड पार्टी प्यालेस, नैकाप ।
समय :- १०:३० बजे ।

९.स्वतन्त्र बिद्यार्थी युनियन बिश्वबिधालय क्याम्पसले परिक्षा नियन्त्रण कार्यलय रुपान्तरणका लागि परीक्षा नियन्त्रण कार्यलयलाइ प्रबिधी मैत्री बनाउनुपर्ने, शैक्षिक क्यालेन्डर लागु गर्नुपर्ने, परीक्षा नियन्त्रण कार्यलयको सेवा प्रबाहलाइ विकेन्द्रीकरण गर्नुपर्ने, राजनैतिक नियुक्ती बन्द गर्नुपर्ने, दक्ष जनशक्तिको ब्याब्स्थापन गर्नुपर्ने, टियु एपको निर्माण, पारर्दर्सिता, जबाफदेबिता र एक्टिभ हटलाइनको ब्यब्स्था गर्नुपर्ने माग राख्दै परीक्षा नियन्त्रण कार्यलयको मुल गेटमा धर्ना सहित बिरोध कार्यक्रम गर्ने ।
स्थान :- परीक्षा नियन्त्रण कार्यलय, बल्खु ।
समय :- ११:०० बजे ।

१०.राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका वडा नं. ०२ को प्रथम वडा अधिवेशन हुने ।
स्थान :- इन्द्रायणी क्याफे एण्ड रेस्टुरेन्ट, काभ्रेस्थली ।
समय :- ११:०० बजे ।

११.नेकपा (एकीकृत समाजवादी) शंखरापुर नगर कमिटीले पार्टी अध्यक्ष माधव कुमार नेपाल र पार्टी महासचिव घनश्याम भुषालको आतिथ्यतामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने ।
स्थान :- बज्रयोगिनी रिसोर्ट, शंखरापुर-८ ।
समय :- ११:०० बजे ।

१२.राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर न.पा. वडा नं. १ काठमाडौंको पहिलो वडा अधिवेशन हुने ।
स्थान :- बिहानी चोक, साङ्‌ला ।
समय :- ११:०० बजे ।

१३.राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर न.पा. वडा नं. ६ काठमाडौंको पहिलो वडा अधिवेशन हुने ।
स्थान :- वडा समिति कार्यालय, पयुटार ।
समय :- ११:०० बजे ।

१४.राष्ट्रिय स्वतन्त्र पार्टीले तारकेश्वर नगरपालिका वडा नं. ८ को प्रथम वडा अधिवेशन गर्ने ।
स्थान :- लामबगर-८, तारकेश्वर ।
समय :- ११:०० बजे ।

१५.राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं मनपा वडा नं. ६ काठमाडौंको पहिलो वडा अधिवेशन हुने ।
स्थान :- कुशल ब्याङ्क्वेट, बौद्ध ।
समय :- ११:०० बजे ।

१६.राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं मनपा वडा नं. ७ काठमाडौंको पहिलो वडा अधिवेशन हुने ।
स्थान :- ट्री स्याडो रिजोर्ट सँगै, गणेस्थान ।
समय :- ११:०० बजे ।

१७.राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं मनपा वडा नं. ३२ काठमाडौंको पहिलो वडा अधिवेशन हुने ।
स्थान :- रारा ब्याङ्क्वेट, जडिबुटी ।
समय :- ११:०० बजे ।

१८.अनेरास्ववियु आदिवासी जनजाती विद्यार्थी समन्वय कमिटीले प्रथम पूर्ण बैठक, प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम गर्ने ।
स्थान :- नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग ।
समय :- ११:०० बजे ।

१९.अखिल नेपाल महिला संघ कीर्तिपुरको तेस्रो नगर अधिवेशन हुने ।
स्थान :- क्वाः केब, सामुदायिक भवन, कीर्तिपुर ।
समय :- ११:०० बजे ।

२०.नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा नेकपा (एमाले) कागेश्वरी मनोहरा न.पा. ८ नं. वडा कमिटीको दोस्रो वडा अधिवेशन हुने ।
स्थान :- हरिओम ड्राइभिङ सेन्टर (गोठाटार इङ्गलिस सेकेण्डरी स्कूल अगाडी), गोठाटार ।
समय :- ११:०० बजे ।

२१.स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघले वैदेशिक रोजगार सम्बन्धि श्रमिक सचेतना कार्यक्रम गर्ने ।
स्थान :- विभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर ।
समय :- ११:०० बजे ।

२२.राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको प्रथम बागमती प्रदेश भेला कार्यक्रम हुने ।
स्थान :- अल्फा पार्टी भेन्यू एण्ड रेस्टुरेन्ट गौरीघाट, नयाँवस्ती ।
समय :- १२:०० बजे ।

२३.नेकपा (एकीकृत समाजवादी) सर्लाही – काठमाडौं सम्पर्क मञ्चको १३ औं सम्मेलन हुने ।
स्थान :- प्रदेश सम्पर्क कार्यालय, शान्तिनगर ।
समय :- १२:०० बजे ।

२४.राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर न.पा. वडा नं. १० काठमाडौंको पहिलो वडा अधिवेशन हुने ।
स्थान :- तारकेश्वर नगरपालिका समिति कार्यालय ।
समय :- १३:०० बजे ।

२५.टक सेन्टरले त्रिभुवन विश्वविद्यालय उपकुलपती नियुक्ती प्रक्रिया र भावि नेतृत्व विषयक विचार गोष्ठी कार्यक्रम गर्ने ।
स्थान :- चक्रपथ, टक सेन्टर ।
समय :- १३:०० बजे ।

२६.सिभिल सर्भिस अस्पतालको करार कर्मचारी हित संघर्ष समितिले सिभिल अस्पतालमा कार्यरत करार रेडियोलोजी तर्फका कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धा बाट पदउन्नति गर्ने निर्णय विरुद्ध विभिन्न पाँच बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन सहित धर्ना दिने ।
स्थान :- सिभिल सर्भिस अस्पताल, मिनभवन ।
समय :- १३:०० बजे ।

२७.काठमाडौँ क्षेत्र नम्बर ८ प्रतिनिधि सभा सदस्य विराज भक्त श्रेष्ठले निर्वाचित भएको एक वर्ष भएको सन्दर्भमा काठमाडौं क्षेत्र नम्बर ८ मा भएका गतिविधि कार्यक्रम तथा नीति र विधिलाई सार्थक बनाएका बारे वार्षिक कार्य प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रम गर्ने ।
स्थान :- काष्ठमण्डप भेन्यू, परोपकार ।
समय :- १५:०० बजे ।

२८.लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल काठमाडौं महानगर प्रथम भेलाकार्यक्रम गर्ने ।
स्थान :- नखुलेको ।
समय :- नखुलेको ।

२९.मिटरब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समिती नेपालको चैत्र २० गते देखि शान्तिवाटिकाको धर्ना कार्यक्रम जारी ।

३०.धनुषा नगराइन नपा ८ खिरखरिया बस्ने बिनोद प्रसाद शाह सहित परिवारका ७ जना निजको जेठी छोरी बर्ष २२ की आरती साहलाई मिति २०८०/०२/०७ घर पक्षले कुटपिट गरि हत्या गरेकोले छोरीको हत्यारालाई कडा कार्वाहीको माग राखि असार १ गते राती २०:३० बजे देखि माइतीघर मण्डला र मंसिर ४ गते २०:३० बजे देखि शान्तिबाटिकामा बसेको शान्तिपुर्ण धर्ना जारी।