छिट्टै लागु हुनेगरी राष्ट्रसेवक कर्मचारी र औपचारिक क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यक्तिहरूलाईं समेट्ने तयारी गरेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ। बोर्डले बिहीबार सञ्चारकर्मीको बीच यस्तो जनाएको हो।
स्वास्थ्य बिमा ऐन २०७४ मा अनिवार्य आवद्धता प्रावधानलाई कार्यान्वयनमा ल्याउनेगरी तयारी गरेको जनाएको हो। यसका लागि सरकारलाई स्वीकृतिको लागि प्रक्रिया अघि बढिसकेको बोर्डले जनाएको छ।
त्यसैगरी, हालसम्म स्वास्थ्य बिमा नवीकरण मात्र अनलाइनमार्फत व्यवस्था भएकोमा अब अनलाइनमार्फत नै आबद्धताको लागि सुरु गरिएको उनले बताए। यसको साथै सुपरमार्केट, अस्पताल जस्ता ठाउँमा स्वास्थ्य बिमा कार्यक्रमको स्टल राख्नेछ। तर,कस्ता व्यक्ति र संस्थाले विमा गर्नसक्ने बारेमा अझै बहस जरुरी रहेको जनगुनासो बढेको छ । सरकारले सरकारी सेवामा कार्यरत संस्थातिर वा निजीतिर पनि स्वास्थ्य विमा कार्यक्रमलाई लैजान सक्छ भन्नेमा विवाद रहन सक्ने अनुमान गरिएको छ ।