क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले गर्यो वैचारिक स्कुलिङ कैलालीमा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय स्कुल विभागद्वारा प्रदेश नं ६ र ७ (कर्णाली र सुदूरपश्चिम) क्षेत्रमा आवद्ध केन्द्रीय महाधिवेशन आयाेजक समितिका सदस्यहरुका लागि आयाेजित केन्द्रीय वैचारिक स्कुलिङ कार्यक्रम कैलालीकाे टिकापुरमा आज पुस २३ गतेबाट सुरु भएकाे छ ! एक हप्तासम्म चल्ने साे स्कुलिङ कार्यक्रमकाे उदघाटन कार्यक्रम केन्द्रीय स्कुल विभागका प्रमुख क.राजवीरकाे अध्यक्षतामा केन्द्रीय स्कुल विभागका सचिव क.आमाेदकाे सञ्चालनमा सुरु भएकाे साे कार्यक्रममा कार्यालय सदस्य एवं प्रशिक्षकहरु क.सुदर्शन,क.दिपक,क.प्रवीर,क.गम्भीर र स्कुल विभागका सदस्य एवं प्रशिक्षक प्रा.डा.ताराकान्त पाण्डेकाे उपस्थिति रहेकाे थियाे !
उदघाटन कार्यक्रममा मन्तव्य राख्ने कार्यक्रममा स्कुल विभागका प्रमुख क.राजवीरले हाम्राे स्कुलिङकाे पाठ्यक्रम आधारभूत,माध्यमिक र उच्चगरी तीन तहकाे रहेकाेले याे स्कुलिङ उच्च तहकाे भएकाे हुँदा ज्ञान लिने मात्रै नभएर मुख्यकुरा बदल्ने हाे भन्नेकुरामा हेक्का राख्नुपर्ने बताउनु भयाे,भने कार्यालय सदस्य एवं स्कुल विभागका सदस्य क.सुदर्शनले हामी क्रान्तिकारीहरुका स्कुलिङले मालेमावादकाे आलाेकमा उत्पिडित वर्गकाे उन्मुक्ति सहितकाे रुपान्तरण खाेज्ने अन्वेषकमूलक हुनुपर्ने वताउनु भयाे,स्वागत मन्तव्यकाे क्रममा कार्यालय सदस्य,प्रदेश-७ का इन्चार्ज एवं प्रशिक्षक क. प्रवीरले हाम्राे स्कुलिङ बुर्जुवाहरुकाे जस्ताे नभएर सिद्धान्त र व्यवहारलाई जाेड्ने रुपान्तरणमुखी हुने वताउनुभयाे !
पुस २३ देखि २८ गतेसम्म चल्ने दुई प्रदेशमा कार्यक्षेत्र भएका करिव ४८ जना क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय महाधिवेशन आयाेजक समितिका सदस्य,सचिवालय सल्लाहकारहरु प्रशिक्षार्थी रहने साे केन्द्रीय स्कुलिङ कार्यक्रममा दर्शनशास्त्र,वैज्ञानिक समाजवाद र राजनीतिक अर्थशास्त्रसँग सम्वन्धित विभिन्न विषयमा क.राजवीर,क.क.सुदर्शन,
क.प्रवीर,क.दिपक,क.भीषण,क.आमाेद र क.सञ्जले प्रशिक्षण प्रदान गर्नु हुनेछ !