तलबको माग गर्दै विजयपुर नगरपालिकामा अनिश्चितकालीन धर्ना

विजयपुर नगरपालिकामा कार्यरत शिक्षक कर्मचारीहरुले नपाएपछि तलबको माग गर्दै तीन दिन देखि अनिश्चितकालीन धर्नामा गरेका छन् । रौतहटको फतुवामा पर्ने सो स्कुलले तलब नदिएपछि शिक्षकहरुलर नगरपालिका कार्यालय अगाडि धर्ना सुरु गरेका हुन् ।

जनप्रतिनिधि बिचको आपसी विवादका कारण समयमा नगरसभा हुन सकेको छैन् ।सभा हुन नसकेपछि शिक्षक कर्मचारीहरुले साउनदेखिको तलब रोकिएको छ ।

जनप्रतिनिधिहरु बीचको विवादले नगरसभा हुन नसकेपछि कोष तथा नियन्त्रणको कार्यालयले बजेट निकाशा गरेकै छैन । बजेट निकासा नहुंदा नगरपालिकाको कामकाज पनि ठप्प छ । तलब निकाशाको माग राखी नगरक्षेत्र अन्तर्गतका शिक्षक र नगरपालिकाका कर्मचारीहरु मिलेर गत बुधबार देखि धर्ना सुरु गर्दै आएका छन् ।

तलब नपाएसम्म पहिलो चरणको आन्दोलन स्वरुप दैनिक धर्ना जारी रहने शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादवले जानकारी दिए । नगरपालिकाका तत्कालीन नगरप्रमुख गोपाल राय यादव राजस्वको रकम हिनामिनाको आरोपमा विशेष अदालतले दोषी ठहर गरेपछि निलम्बनमा परेका थिए । कार्यबाहक उपप्रमुख अमबेय खातुन र जनप्रतिनिधिबिचको विवादका चलिरहेकै छ । अहिलेसम्म नगरसभा पनि हुन सकेको छैन । नगरको बजेट रोकिएपछि सबै कामकाज ठप्प बनेको हो ।
यो पनि..

काठमाडौँ उपत्यकामा पनि सडक विभागका कर्मचारीले २ महिना देखि तलब नपाएको गुनासो गरेका छन् ।एक सडक कर्मचारीले भनीन् २ महिना भयो तलब रोकिएको छ नआउन्जेल घर चलेपनि कोठाभाडा तिर्न समस्या भइरहेको छ ।