२०७०सालमा स्थापित ‘आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठान’ काठमाडौँ, फापरथुम-स्याङ्जाले, ‘आनन्दमणि टुल्की नन्दकला साहित्य सम्मान’द्वारा यो साल, २०१९ जेठ २४ गते स्याङ्जा मालुङ्गा, धाङलिङमा जन्म भई हाल
कामपा -३२ , कोटेश्वर ,जडिबुटी ,काठमाडौंमा बस्ने प्रगतिवादी साहित्यकार प्रा.डा.जगदीश चन्द्र भण्डारीलाई पुरस्कृत तथा सम्मानित गर्ने भएको छ ।
उहाँद्वारा प्रकाशित कृतिमा:वर्तमान जन्मन खोजिरहेछ(कविता सङ्ग्रह , २०३९), मेरा आँखामा तानाका कथा र जमर्काहरू ( समालोचना ,२०४०), अँध्यारोमा चल्बलाएका शब्दहरू ( निबन्ध,२०४७),
मुक्तिक्षेत्रको यात्रामा (कविता ,२०४८),
साहित्य :चिन्तन र विवेचन (चिन्तन र समालोचना ,२०५०), प्रगतिवादी नेपाली कविता : रेखाङ्कन र विश्लेषण (सिद्धान्त र समालोचना ,२०५५), आँखाका यी नानी (बालकविता,२०५९), पृथक सृजन : पृथक् निरूपण ( सिद्धान्त र समालोचना ,२०६५),
सौन्दर्यको भूमिका ( सिद्धान्त र समालोचना , २०६६), सौन्दर्यको अन्वीक्षण ( सौन्दर्य चिन्तन र समालोचना , २०७५), साहित्य र यथार्थ (अनुवाद, २०५१) आदि छन् ।
उहाँद्वारा सम्पादन भएका सिर्जनामा
प्रतिनिधि नेपाली समालोचना ( सहसम्पादन, २०६८), मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्य ( सहसम्पादन,२०६७), कम्युनिस्ट , युगधारा,दृष्टिकोण , प्रवर्तक प्रभृति पत्रिकाको सम्पादन आदि छन् ।
उहाँले कृष्णमणि साहित्य पुरस्कार (२०५५), पारिजात सृजन पुरस्कार (२०६३) लगायत प्रसस्त सम्मान तथा पुरस्कार प्राप्त गर्नु भएको छ ।
उहाँले नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको अध्यक्ष, इच्छुक सांस्कृतिक प्रतिष्ठानलगायत विभिन्न संघसंस्थाको कार्यसमिति सदस्य भएर महत्त्वपूर्ण भूमिका निभाइरहनु भएको छ ।
यो पुरस्कार तथा सम्मानद्वारा २०७१सालमा कवि देवेन्द्र लम्साल, २०७२ सालमा व्यङ्ग्यकार गायत्री लम्साल, २०७४ सालमा विद्वान साहित्यकार डा.रमेश शुभेच्छु, २०७६ सालमा प्रख्यात समालोचक डा.गोविन्दप्रसाद शर्मा (सुकुम) र २०७८ सालमा कवि मुकुन्द शर्मा सम्मानित तथा पुरस्कृत हुनुभएको छ ।
यो सम्मान तथा पुरस्कार समर्पण गर्ने बृहत् कार्यक्रम २०८० साल माघ २६ र २७ गते ‘आनन्दआश्रम, फापरथुम -स्याङ्जा’मा सम्पन्न हुने छ ।यो समाचार मुलबाटोमा प्रकाशित छ।