उपत्यका ट्राफिक प्रहरीको अनुरोध, अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु

उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहिबार(आज) अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
बिहीबार(आज) एकै दिन दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संघ नेपालले काठमाडौँ केन्द्रित विरोध प्रदर्शन गर्न लागेपछि कार्यालयले सो अनुरोध गरेको हो । सम्भावित असहज स्थितलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ. एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन सुझाएको हो । ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरेको छ ।