यात्रु बहाक बस झन्डै दुर्घटनामा, स्थानीय बासिन्दाले गरे गुनासो

दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वाराको खर्शुबथानमा यात्रु बहाक बस झन्डै दुर्घटनामा परेको छ। काठमाडौंबाट गौश्वरातर्फ आएको बस खर्शुबथानको मोडमा सडकबाट झन्डै दुर्घटनामा परेको हो । सावधानीपूर्वक चालकले गाडी चलाएकाले ठूलो दुर्घटना टरेको स्थानीय रोहित मगरले बताए।

बस सडकको डिलबाट खसेको अवस्थामा एक हजार मिटर तल पुग्थ्यो। तर, बस फसेको ठाउँबाट निकालिएको छ । स्थानीयले सो मोडको स्तरउन्नति गर्न माग गरेपनि गाउँपालिकाको ध्यान अझै नपुगेको स्थानीय बासिन्दाले गुनासो गरे ।