काठमाडौँ । माओवादी केन्द्रले संसदमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकबारे सबै पक्षसँग परामर्श गरी परिमार्जन गर्ने भएको छ । बिहीबार काठमाठौं उपत्यकामा उपलब्ध भएका पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको थियो ।
आज बसेको अनौपचारिक बैठकले सरकारले संसदमा दर्ता गरेको विद्यायल शिक्षासम्बन्धी विधेयकमा गम्भीर छलफल भएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
सबै पक्षसँग परामर्श गरी विधेयक संशोधन गर्ने निष्कर्ष निकालेको छ’, सापकोटाले भने, ‘यस्तो देशका विभिन्न ठाउँमा चिकित्सकमाथि भएका हातपात, धार्मिक सदभाव खलबलिने, सामाजिक सदभाव खलबलिने विषयमा पार्टीको ध्यानाकर्षण भएको र त्यसलाई बेलैमा समाधान गर्ने तर्फ नगए ठूलो समस्या हुन सक्छ ।’
धार्मिक तथा सामाजिक सदभाव कायम राख्न पार्टीले सबै पक्षसँग सम्वाद गर्न पहल कदमी लिने छ । जनतासँग माओवादी विशेष रूपान्तरण तीन महिने अभियानको विषयमा समीक्षा समेत भएको उनले बताए ।