२ लाख आस गरेका राउटेले पाए २५ हजार दशै खर्च

राउटे समुदायलाई सरकारले दशैँ खर्च स्वरूप २५ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

मंगलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च स्वरुप लुम्बिनी प्रदेश सरकारको अर्थ मन्त्रालयले उपलब्ध गराएको हो ।

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दशैँ खर्च वापत २५ हजार उपलब्ध गराएका थिए । सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरियो ।

उनीहरु प्रत्येक वर्ष तीज, दशैँ र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन् । केहीदिनदेखि उनीहरु दाङ र यसका आसपासका सरकारी कार्यालयमा गइ दशैँ खर्च माग्दै आएका थिए । खसी खान सरकारले २ लाख दिनु पर्छ भनेर उनीहरूले माग गर्दे आएका थिए ।
८६ घर जनता राउटेहरुका रहेका छन्