शिक्षक महासंघ र मन्त्रालयबीच मंगलबार ३ बजे वार्ता हुने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द र आन्दाेलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेको छ । मन्त्रालयले असोज २ गते दिनको ३ बजे वार्ताको लागि आग्रह गरेको हो ।

मन्त्रालयका सहसचिव भगवान् अर्यालले साेमबार विज्ञप्ति निकालेर मङ्गलबार दिउँसाे ३ बजे मन्त्रालयमा हुने वार्तामा आउन शिक्षकहरूलाई आग्रह गर्नुभएकाे छ । विधेयकलाई अन्तिम रूप दिनुअघि नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएकाे र महासङ्घले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीकाे पेसागत हकहितसँग सम्बन्धित सुझावहरूलाई यथाशक्य विधेयकमा समावेश गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

यही विधेयकलाई लिएर महासङ्घले ४ बुधबारदेखि विद्यालय बन्द र आन्दाेलनका कार्यक्रम घाेषणा गरेकाे छ । विधेयक शिक्षकहरूको हकहित विपरीत भएको भन्दै महासङ्घले आन्दोलनको घोषणा गरेको हो भने मन्त्रालयले वार्ताबाट समस्याको समाधानका लागि आउन आहृवान गरिएको जनाएको छ । शिक्षक महासंघले मन्त्रालयबाट समस्या समाधान देखेको छैन् । प्रधानमन्त्रीको कि सरकारका प्रवक्ताको पहलमा वार्ता गर्नुपर्ने जिकिर गर्दै आएको छ ।